तातोपानी गाउँपालिकाले उपभोक्ता समितिलाई भन्यो–वैशाख १० भित्र सम्झौता गर्नुपर्छ, छिटो आउनू

 

काठमाडौँ । जुम्लाको तातोपानी गाउँपालिकाले उपभोक्ता समितिहरुलाई वैशाख मसान्तभित्रै आयोजना सम्पन्न गर्ने गरी सम्झौता गर्न आउन भनेको छ ।

वित्तीय समानीकरण अनुदानबाट चालु आर्थिक वर्षमा संचालन हुने योजना तथा कार्यक्रमको समयमै सम्झौताग री बैशाख मसान्तभित्र कार्य सम्पन्न गरी अन्तिम भुक्तानी गरिने नीति रहेकोले समयभित्रै उपभोक्ता समितिसँग सम्झौता गर्न भनिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले जानकारी दिए । 

उपभोक्ता समितिहरुलाई गाउँपालिकामा सम्झौता गर्न पठाउनको लागि सबै वडा कार्यालयहरुलाई सुचना पनि गरिसकिएको छ । गाउँपालिकाका सबै उपभोक्ता समितिहरुलाई वैशाख १० गतेभित्र सम्झौता गर्न आउन भनिएको प्रमुख प्रशासकीय अधिकृत कठायतले जानकारी दिए ।

 

प्रकाशित मिति: शुक्रबार, चैत ६, २०८२  १२:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update