काठमाडौं - नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान गरेका छन्।
हाल सिङ्गापुरमा रहनुभएका र नियमित उपचार सकिएपछि थप स्वस्थ्य उपचार तथा पारिवारिक कार्यक्रममा सहभागी हुन उनी आज हङकङतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ।
हङकङमा थप स्वास्थ्य उपचार र पारिवारिक कार्यक्रम सकेर पूर्वप्रधानमन्त्री देउवा नेपाल फर्कने कार्यक्रम तय भएको छ । उनी गत फागुन १३ गते सिङगापुर प्रस्थान गरेका थिए ।
प्रकाशित मिति: शनिबार, चैत ७, २०८२ २०:२१
प्रतिक्रिया दिनुहोस्







