पाटनमा दाजुभाइमाथि चक्कु प्रहार घटना : सञ्जीवसहित तीनजना पुर्पक्षका लागि जेल चलान

काठमाडौं । पाटनमा दुई दाजुभाइमाथि चक्कु प्रहार गर्ने घटनामा संलग्न सञ्जीव नेपालीसहित तीनजना पुर्पक्षका लागि जेल चलान भएका छन् । ललितपुर जिल्ला अदालतले नेपालीसहित गगन सुनार र विकास लिम्बूलाई पुर्पक्षका लागि जेल चलान गरेको हो । 

ललितपुर प्रहरीले उक्त घटनाको अनुसन्धान प्रतिवेदन सोमबार सरकारी वकिलको कार्यालयलाई जन्मकैद माग गर्दै बुझाएको थियो । 

चैत २५ मा झापाका २६ वर्षीय सिर्जन नेम्बाङ र ३३ वर्षीय सुमित नेम्बाङमाथि चक्कु प्रहार भएको थियो । चक्कु प्रहारबाट गम्भीर घाइते भएका उनीहरूको बीएन्डबी अस्पतालमा  मृत्यु भएको थियो । 

के थियो घटना ?

मृतक दाजुभाइले रङ नम्बर डायल गर्दै उक्त दिन सञ्जीवसँग विवाद गर्न पुगेका थिए । उक्त विवादमा क्रममा आफूलाई गाली गर्दै पाटन आउन चुनौती दिएपछि आफूले पाटन पुगेर उनीहरूमाथि चक्कु प्रहार गरेको बयान नेपालीले प्रहरीलाई दिएका छन् । 

सन्जीब नेपाली र नेम्बाङ दाजुभाइसित भएको विवाद मिलाउन झापाकै विकास लिम्बु पनि कृष्ण मन्दिर पुगेका थिए । प्रहरीको अनुसन्धानको क्रममा विकास लिम्बुको भने नेम्बाङ दाजुभाइ र सन्जीब नेपालीसँग पनि चिनजान रहेको खुलेको थियो । 

प्रकाशित मिति: बिहीबार, वैशाख २४, २०८३  ०६:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update