धितोपत्र बोर्डको अध्यक्षका लागि ४ जनाको नाम छनोट

 

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन दिएकामध्ये ४ जनाको संक्षिप्त सूचि तयार भएको छ ।

अध्यक्षको लागि ४७ जनाले आवेदन दिएकोमा ४ जनाको संक्षिप्त सुचि तयार भएको हो ।

अध्यक्ष छनोट सिफारिस समितिले डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा. गोपाल प्रसाद भट्टको नाम छनोट गरेको हो । छनोट भएका व्यक्तिहरुलाई अध्यक्ष छनोट समितिले जेठ ८ गतेका लागि छलफलमा बोलाएको छ ।

 

प्रकाशित मिति: मंगलबार, जेठ ५, २०८३  १६:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update