पर्सा। वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ गरेका छन् ।
मेयर सिंहलाई प्रहरीले मंगलबार बिहान करिब सवा ६ बजे पर्साकै ठोरीबाट पक्राउ गरेको हो ।
मेयर सिंहविरुद्ध गत १२ जेठमा नै लिखत कीर्ते गरेको अभियोगमा पक्राउ गर्नका लागि पुर्जी जारी भएको थियो ।
स्थानीय लियाकत अलीले मेयर सिंहसहित तीन जनाविरुद्ध जाहेरी दिएपछि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको थियो।
प्रकाशित मिति: मंगलबार, जेठ १९, २०८३ ०८:०५
प्रतिक्रिया दिनुहोस्





