कांग्रेसले बोलायो अनुशासन समितिको बैठक

काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ। कांग्रेस अनुशासन समितिको बैठक यही जेठ २१ गते बिहीबार बस्ने गरी बोलाइएको हो । 

समितिका सचिव दिनेश थापामगरले विज्ञप्ति जारी गर्दै बिहीबारका लागि बैठक आह्वान गरिएको जानकारी दिएका छन्। 

बैठक पार्टी केन्द्रीय कार्यालय ललितपुरको सानेपामा बस्नेछ । बैठकमा सहभागी हुन समितिका सबै सदस्यहरूलाई निर्देशानुसार अनुरोध गरिएको छ ।

बैठकमा पार्टीको आन्तरिक अनुशासन, प्राप्त उजुरी र भावी कार्ययोजना बारेमा छलफल हुने बताइएको छ ।
 

प्रकाशित मिति: बुधबार, जेठ २०, २०८३  ०६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update