काभ्रेमा यात्रुबाहक बस दुर्घटना, ७ जनाको मृत्यू

 

काठमाडौँ । काभ्रेपलाञ्चोक जिल्लाको बुच्चाकोटमा यात्रुबाहक बस दुर्घटनामा परेको छ । 

दुर्घटनामा परी सात जनाको मृत्यु भएको काभ्रेका डीएसपी रविन बिष्टले जानकारी दिए । बस बीपी राजमार्ग अन्तर्गत बुच्चाकोटमा दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।

दुर्घटनामा परी घाइते भएका १५ जनालाई उद्धार गरी अस्पताल पठाइएको पनि उनले जानकारी दिए ।

बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरे जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस बीपी राजमार्गको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा दुर्घटनामा परेको हो ।

 

प्रकाशित मिति: शुक्रबार, जेठ २९, २०८३  १५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update