काठमाडौँ । काठमाडौबाट ओखलढुंगाको लागि छुटेका बस माघ २७ गते रामेछाप जिल्लाको मन्थली नगरपालिका–६ त्रिवेणी घाटस्थित तामाकोशी नदिमा दुर्घटना भएको छ । दुर्घटनमा परी ६ जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने ५ जनाको घाईते अवस्थामा उद्धार गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसारप्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको यात्रुवाहक बस मंगलबार दिउसो करीव पौने ११ बजे झण्डै २० मिटर तल तामाकोशी नदिमा खसेर दुर्घटना भएको हो ।
दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल गुल्म रामेछाप र विपद् व्यवस्थाप बेश खुर्कोटबाट गोताखोरसहितको सुरक्षा फौज र नेपाल प्रहरीको संयुक्त टोली उद्धार कार्यमा खटिएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा २ जना पुरुष र ४ जना महिला रहेका छन् भने उद्धार गरिएका ५ जनालाई उपचारको लागि जिल्ला अस्पताल खुर्कोटतर्फ पठाईएको छ । यात्रुवाहक बसमा कतिा जना सवार थिए भने खुल्न सकेको छैन । उद्दारकार्य जारी रहेको सशस्त्रको भनाइ छ । उद्दारको लागि सशस्त्र प्रहरी बल नेपाल बिपद् ब्यबस्थापन बेश खुर्कोट सिन्धुली बाट १० जना गोताखोर परिचालन गरिएको छ ।







