गण्डकी। कास्कीको रुपा गाउँपालिकाले कृषि तथा पशु सेवा शाखा कार्यालयका लागि छुट्टै भवन निर्माण गरेको छ ।
गाउँपालिकाको वडा नं ६ फालभञ्ज्याङमा नवनिर्मित उक्त भवनको बिहीबार गाउँपालिकाका अध्यक्ष नवराज ओझाले उद्घाटन गरे।
सो अवसरमा उनले गाउँपालिकाभित्र कृषि उत्पादन वृद्धिका लागि प्राथमिकताका साथ बजेट विनियोजन गरिएको बताए।
कृषि तथा पशु सेवा शाखा प्रमुख पशु चिकित्सक सुशील अर्यालले सुविधासम्पन्न भवन निर्माण भएसँगै सेवा प्रवाह थप प्रभावकारी र सहज हुने विश्वास व्यक्त गरे ।
किसानले अब एउटै थलोबाट सहज रूपमा कृषि तथा पशुसम्बन्धी सेवा प्राप्त गर्ने उनको भनाइ छ । सोही भवनबाट कृषि र पशु सेवासम्बन्धी प्रयोगशालाको सुविधा उपलब्ध हुने जनाइएको छ ।




