जनकपुरधाम । सरकार र जनकपुरधाममा आन्दोलनमा उत्रिएको हिन्दुवादी मोर्चाबीच ११ बुँदे सहमति भएको छ ।
मधेश प्रदेशका विभिन्न जिल्लामा पछिल्ला दिनमा उत्पन्न तनावपूर्ण अवस्था समाधानका लागि गएका गृहमन्त्री सुधन गुरुङ र आन्दोलनरत संगठनका प्रतिनिधिबीच ११ बुँदे सहमति भएको हो।
सहमतिका लागि शनिबार २ चरणमा भएको वार्तापछि सहमति जुटेको हो।
शनिबार साँझ करिब ८ बजेदेखि सुरु भएको दोस्रो चरणको वार्तामा मधेश प्रदेश सरकार, सुरक्षा निकाय र आन्दोलनकारी पक्षका प्रतिनिधिहरू सहभागी थिए।
सहमति अनुसार हिन्दुवादी मोर्चाका मागको विषयमा गृहमन्त्रालयले गम्भीरतापूर्वक छलफल गर्ने सहमति भएको छ ।
यसैगरी आन्दोलनकारी पक्षले उठाउँदै आएको नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने माग समेत थियो । जसमा तीन महिनाको समय दिने सहमति भएको छ ।
यस्ता थिए हिन्दुवादी मोर्चाका १३ बुँदे माग





