गोठाटारमा आगलागी हुँदा १४ वटा पसल नष्ट

काठमाडौं । काठमाडाैंको गोठाटारमा शनिबारराति सुरू भएको आगलागीमा परी विभिन्न १४ वटा पसलहरु जलेर नष्ट भएका छन्। 

शनिबार राति करिब सवा ९ बजेदेखि सुरु भएको आगलागीका कारण फर्निचर, मोबाइल, कस्मेटिक, हेल्मेट, अटो, हार्डवयर, किराना, स्टेशनरी, मिठाइलगायतका १४ वटा पसलमा क्षति भएको प्रहरीले जानकारी दिएको छ।

गोठाटारको पहेँलो पुल नजिक रविन्द्र भट्टराईले संचालन गरेको काठको गोदाम र सटरमा करेन्ट सर्ट भएपछि आगलागी सुरु भएको थियो ।

आगलागी राति ११ बजे सशस्त्र र नेपाल प्रहरीको टोलीले स्थानीयबासीको सहयोगमा ९ वटा दमकल, ३ वटा पानी ट्यांकीको प्रयोग गरेर नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति: आइतबार, साउन १७, २०८३  ०८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update