जनकपुरधाम वडा नं. ६ का अध्यक्ष साहको निधन, आज उपमहानगरमा बिदा

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नं। ०६ का वडा अध्यक्ष दिनेश प्रसाद साहको असामयिक निधन भएको छ। 

वडा अध्यक्ष साहको निधनप्रति जनकपुरधाम उपमहानगरपालिका कार्यालयले गहिरो दुःख व्यक्त गर्दै शोक सन्देश जारी गरेको छ।

उपमहानगरपालिकाका अधिकृत मेही लाल यादवद्वारा जारी शोक वक्तव्यमा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको छ।

वडा अध्यक्षको निधनको शोकमा आज जनकपुरधाम उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालय तथा मातहतका सम्पूर्ण वडा कार्यालयहरू बन्द रहने निर्णय गरिएको छ। तर, स्वास्थ्य, दमकल, सर(सफाइ जस्ता अत्यावश्यक सेवाहरू भने सुचारु नै रहने उपमहानगरपालिकाले जनाएको छ।

प्रकाशित मिति: सोमबार, साउन २५, २०८३  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update