रोल्पामा पहिरोले घर/गोठ पुरिँदा दुई जनाको मृत्यु, दुई जना घाइते

रोल्पा। अविरल वर्षाका कारण पहिरो जाँदा थबाङ गाउँपालिका–५ बोटलबारामा घर सहित गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा थबाङ–५ बोटलबाराका १८ वर्षीया शान्ति पुन मगर र सोही स्थानका ६०वर्षीय  कमलबहादुर पुन मगर छन् भने घाइते हुनेमा सोही स्थानका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर  छन् ।  

कार्यालयले दिएको जानकारी अनुसार साउन २७ गते दिउँसोदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा घर सहित गोठ पुरिएरका थिए । 

गए राति घटनास्थलमा प्रहरी टोली पुगेको थिए ।  प्रहरी र स्थानीयवासीको सहयोगमा घाइते उद्धार गरी उपचारार्थ स्वास्थ्य सस्थामा पठाइएको र दुवैको अवस्था गम्भीर रहेको जनाइएको छ । 

घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीको  प्रारम्भिक अनुमान अनुसार पहिराबाट छ  घर /गोठ क्षति पुगेको छ ।

प्रकाशित मिति: बिहीबार, साउन २८, २०८३  ०७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update