जाजरकोट पहिरोमा २ जना बेपत्ता, ७ जना घाइते
जाजरकोट। अविरल वर्षापछि आएको पहिरोमा परी कर्णाली प्रदेशको जाजरकोटमा २ जना बेपत्ता भएका छन् भने अन्य ७ जना घाइते भएका छन्।
जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा पहिरो जाँदा ५४ वर्षीय उमासिंह खत्री र ७० वर्षीय भीमबहादुर कार्की बेपत्ता भएका हुन्।
यस्तै अन्य ७ जना घाइते भएका छन्। पहिरोमा परी ६० वर्षीय रामबहादुर शाही, ५२ वर्षीय केदार कार्की, ४५ वर्षीय मनवीर चँदरा, ५७ वर्षीय भद्राकली कार्की, ४५ वर्षीय सिद्धिबहादुर कामी, ४७ वर्षीय मोतिकला विक र १६ वर्षीय मनिषा विक घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, साउन ३१, २०८३ ०७:२६
प्रतिक्रिया दिनुहोस्



