गजुरीमा सुक्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध
काठमाडाैं। धादिङको गजुरीमा सुक्खा पहिरो खस्दा राजमार्ग अवरूद्ध बनेको छ।
नागढुंगा-मुग्लिन सडकखण्डको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै चालिसेमा सुक्खा पहिरो खसेको प्रहरीले जनाएको छ।
सोमबार बिहान करिब पौने ६ बजेतिर खसेको सुक्खा पहिरोका कारण दुईतर्फी सडक अवरुद्ध बनेको छ।
प्रहरीका अनुसार निर्माणाधीन सडक आयोजनाको डोजर प्रयोग गरेर अहिले पहिरो पन्छाउने काम भइरहेको छ ।
पहिरोका कारण काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधन बाटोमै रोकिएका छन्।
प्रकाशित मिति: सोमबार, भदौ १, २०८३ ०८:०४
प्रतिक्रिया दिनुहोस्



