भदौ अन्तिम साताबाट नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुने
काठमाडौं । बुद्ध एयरले लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित उडान भदौ ३१ गतेबाट पुनः सुरु गर्ने भएको छ ।
भदौ अन्तिम साताबाट पोखरा–नेपालगञ्ज नियमित हवाई सेवा सुरु गर्न लागेको बुद्ध एयरले जनाएको छ । यो रुटमा हवाई सेवा रोकिदा ठूलो संख्यामा यात्रुहरु प्रभावित बनेका थिए ।
त्यसैले यात्रुको माग बढेसँगै पुनः उडान सुरु गर्न लागेको बुद्ध एयरको भनाई छ । यो रुटमा पुनः उडान सुरु भएसँगै भारतबाट नेपालगञ्ज हुँदै पोखरा घुम्न आउने पर्यटक सडक मार्ग वा कठमाडौं हुँदै पोखरा जानुपर्ने बाध्यता हट्नेछ ।
गत जेठ ५ गतेदेखि यो रुटमा उडान स्थगित गरिएको थियो । अब आइतबार, बुधबार र शुक्रबार नेपालगञ्ज–पोखरा उडान हुनेछ ।
प्रकाशित मिति: बिहीबार, भदौ ४, २०८३ ०७:४०
प्रतिक्रिया दिनुहोस्



