एजेन्सी। रुसको ड्रोन हमलामा युक्रेनको क्रिभी रिह शहरको एउटा सपिङ सेन्टरमा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।
स्थानीय अधिकारीहरुका अनुसार यो हमलामा अन्य १३० जना भन्दा बढी घाइते भएका छन् । जसमा २३ जना बालबालिका रहेको बताइएको छ । केही मानिसहरु अझै पनि भग्नावशेषमा फँसेको आशंका गरिएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो गृह नगरमा भएको यो हमला दुई चरणमा भएको जानकारी दिएका छन् । उनले यसलाई निन्दनीय र घृणित कार्यको संज्ञा दिएका छन् ।
जेलेन्स्कीका अनुसार दोस्रो हमलामा पहिलो हमलापछि राहत तथा उद्दार कार्यमा काम गरिरहेकाहरु समेत परेका छन् ।
यो हमलाबारे रुसी सेनाले भने कुनै प्रतिक्रिया दिएको छैन । न्दिप्रोपेक्रोभ्स्क क्षेत्रका प्रमुख ओलेक्जान्द्रा हांझाले हमलामा मृत्यु हुनेको संख्या १५ पुगेको जानकारी दिएका हुन् ।



