अमेरिकासँग युद्धबीच इरानले देखायो मिसाइल भण्डारको तस्बिर

एजेन्सी। इरानको सरकारी टेलिभिजन च्यानलले इरानी सशस्त्र बलका चीफ अफ स्टाफ अली अब्दुल्लाहीको एउटा भूमिगत ब्यालिस्टिक मिसाइल उत्पादन क्षेत्रको भ्रमण गरेको भिडियो जारी गरेको छ ।

बीबीसी फारसीका अनुसार उनले पछिल्लो एक वर्षमा इरानको मिसाइल भण्डारमा ठूलो वृद्धि भएको छ । 

इरानी सरकारी टेलिभिजनले ४० दिनको युद्धको सुरुवातपछि इरानले आक्रमण गर्ने ड्रोनको उत्पादन तीन गुणाले बढाएको जनाएको छ ।

अमेरिका र इजरायलसँग युद्ध सुरु भएको महिनापछि पनि इरानको बाँकी सैन्य क्षमताको स्पष्ट तस्बिर भने साहिर आएको छैन । 
यो युद्धमा रक्षा उद्योग र मिसाइल उत्पादन केन्द्रका केही क्षेत्रलाई निशाना बनाइएको थियो । तर इरानको हतियार भण्डारणमा भएको क्षतिबारे कुनै स्वतन्त्र तथ्यांक उपलब्ध छैन । 

केही अमेरिकी गुप्तचर एजेन्सीले इरानको हतियार भण्डारणको महत्वपूर्ण हिस्सा अझै सुरक्षित रहेको उल्लेख गरेका छन् । 

सीएनएनको अप्रिलको सुरुवातमा अमेरिकी गुप्तचर निकायको अनुमानको हवाला भन्दै प्रकाशित रिपोर्टमा अझै इरानका आधा मिसाइल लञ्चर सुरक्षित रहेको र तेहरानसँग हजारौं आक्रमणकारी ड्रोन रहेको उल्लेख थियो । 

प्रकाशित मिति: आइतबार, भदौ ७, २०८३  ०६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update