मोहम्मद जयन्तीका अवसरमा स्याङ्जाका चार स्थानीय तहले दिए सार्वजनिक बिदा

वालिङ । इस्लाम धर्मका संस्थापक तथा प्रवर्तक पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा स्याङ्जाका चार वटा स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन् । 

आज इस्लाम धर्मावलम्बीहरूले मोहम्मदको १५०१औं जन्मदिन मनाउँदैछन्। 

यसअवसरमा गृह मन्त्रालयले समेत मुस्लिम समुदायका लागि सार्वजनिक बिदा दिएको छ । 

साेही अनुसार स्याङ्जाका चार स्थानीय तहहरू वालिङ, पुतलीबजार, गल्याङ र भीरकोट नगरपालिकाले सार्वजनिक बिदा दिएका हुन् ।

प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३  ०८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update