राति ३ बजेदेखि एक्कासी बढेको भोटेकोशीमा बहाब क्रमशः घट्दै

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गएरातिबाट एक्कासि बढेको बाढीको बहाब विस्तारै कम हुँदै गएको छ । 

राति ३ बजेयता भोटेकोशीमा बाढीको बहाब एक्कासी बढेको र त्यसपछि विस्तारै कम हुँदै गएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले जनाएका छन् । 

राति करिब ३ बजे ठूलो आवाज सुनिएपछि भोटेकोशी नदीमा पानीको बहाब बढेको थियो । तर बिहान क्रमशः बहाब कम हुँदै गएको हो । जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको बाढी पूर्वानुमान महाशाखाले पनि भोटेकोशीमा पानीको बहाव बढेको जनाएको छ ।

बाढीको बहाव बढे पनि रसुवा, नुवाकोट र धादिङ नदी आसपासका क्षेत्रमा ठूलो बाढीको जोखिम नरहेको महाशाखाले स्पष्ट पारेको छ । 

प्रकाशित मिति: आइतबार, भदौ १४, २०८३  ०७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update