काठमाडौँ । रसुवा जिल्लामा नौकुण्ड र कालिका गाउँपालिकाका सम्पूर्ण क्षेत्रमा विद्युत् आपूर्ति पुनःस्थापित भएको छ।
साथै, गोसाइँकुण्ड गाउँपालिकाका धुन्चे, भार्खु तथा गोसाइँकुण्ड क्षेत्रमा समेत विद्युत् सेवा पुनःसुचारु भएको छ।
नुवाकोट डिसिएसको ११ केभी लाइन तथा सान्जेन खोला जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादनरप्रसारण सञ्चालनमा आएपछि रसुवा जिल्लाका विभिन्न प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति क्रमशः पुनःस्थापित भएको उर्जामन्त्री विराज भक्त श्रेष्ठको सचिवालयले जानकारी दिएको छ ।
सान्जेन खोला जलविद्युत् आयोजनालाई पुनःसञ्चालनमा ल्याई आमाछोदिङ्मो गाउँपालिकामा समेत विद्युत् आपूर्ति पुनःस्थापनाको कार्य अघि बढाइएको छ।
बाँकी प्रभावित क्षेत्रमा पनि विद्युत् आपूर्ति पुनःस्थापनाका लागि कार्य निरन्तर भइरहेको मन्त्रालयको भनाइ छ।




