Odapalika - The Fourth Estate - चौथो अंग
आँबुखैरेनीले बनायो १५ शय्याको अस्पताल, प्रधानमन्त्रीले गरे उद्घाटन

काठमाडौँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले १५ शय्याको अस्पताल बनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज अस्पतालको उद्घाटन गरेका छन् । 

वडा नम्बर ३ मा बनेको अस्पतालले पालिकाबासीको स्वास्थ्य सेवामा महत्वपूर्ण सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ । 

अस्पताल उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले संघीयता कार्यान्वयनका लागि तत्काल ३ वटा ऐन बनाउन आवश्यक रहेको बताए । संघीय लोकतानित्रक गणतन्त्र अझै संस्थागत भइनसकेको बताएका उनले थपे, ‘संघीयता जनताका निम्ति हितकारी छ भन्ने साबित प्रहरी समायोजन ऐन, निजामती ऐन र शिक्षा ऐन चाहिएको छ । यी ऐनहरू भए मात्रै प्रदेश सरकारजस्तो हुन्छ । नत्र हुँदैन ।’

उनले जबसम्म प्रदेश सरकार भन्ने अनुभूति जनतालाई दिलाउन सकिँदैन तबसम्म प्रदेशको महत्व के हो र त्यसले कसरी जनतालाई प्रत्यक्ष फाइदा दिएको हुन्छ भन्ने विश्वास दिलाउन गाह्रो हुने बताए । 

उनले योपटक यी ऐन कार्यान्वयनमा आउने र प्रदेश सरकारसँग लाठी हुने बताए । ती ऐनहरू अघि बढाउन सहमति जुटिसकेको भन्दै उनले अब सदनभित्र लगेर कानुन बन्ने बताए । 

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  १५:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update