Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय सरकारले भन्योः १४ गतेबाट स्कूलमा पुगेर पढाउन थाल्नू 

काठमाडौँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले १४ बैशाखबाट विद्यालयमा पुगेर पठनपाठन संचालन गर्न सामुदायिक विद्यालयका व्यवस्थापन समिति र शिक्षकहरुलाई निर्देशन दिएको छ । 

विद्यालय शिक्षा ऐन जारी गर्न दबाब दिदै २२ दिनदेखि शिक्षकहरुले काठमाडौँ केन्द्रीत आन्दोलन गरिरहेका बेला पहिलोपटक स्थानीय सरकारले विद्यालयमा तत्काल फर्किन र पठन पाठन नियमित गर्न भनेको हो । 

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले आज विज्ञप्ति जारी गर्दै शिक्षकहरुले उठाएका मागमा आफ्नो र पालिकाको पूर्ण समर्थन रहेको बताइएको छ । 

तर पठनपाठन प्रभावित गरेर गरिने आन्दोलनको विकल्प खोज्न भनिएको छ । शैक्षिक शत्र २०८२ को विद्यार्र्थी भर्ना, पाठ्यपुस्तक वितरण, शैक्षिक तथा प्रशासनिक कार्यहरु तत्काल संचालन गर्न यहि मिति २०८२ बैशाख १४ गतेबाट नियमित रुपमा विद्यालय सूचारु गर्न, गराउन सम्वन्धित विद्यालय व्यवस्थापन समिति, प्रधानअध्यापक तथा शिक्षकहरुमा जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ, चुमानले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ । 

aabu-1745409573.jpeg
 

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  १७:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update