आँबुखैरेनी गाउँपालिकाको साह्रानीय कामः पशु क्षति भएका कृषकलाई १० लाख राहत

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले पशु बिमा कार्यक्रमअन्तर्गत कृषकलाई राहत वितरणलाई प्राथमिकतामा राखेको छ । 

गाउँपालिकाले चालु आर्थिक वर्षमा १३ जना कृषकलाई पशु क्षतिबापत तीन लाख १३ हजार ५ सय रुपैयाँ वितरण गरेको छ । यस्तै अघिल्लो आवमा गाउँपालिकाले सात लाख १२ हजार ५ सय रुपैयाँ राहत वितरण गरेको थियो ।

यस वर्ष वितरण गरिएको राहत रकम भैँसी, गाई, गोरु तथा बाख्रामा भएको क्षतिका आधारमा प्रदान गरिएको गाउँपालिकाका पशु चिकित्सक डा सन्तोष देवकोटाले जानकारी दिए ।

वडा नं ३ का शान्ता मिश्रलाई भैँसी क्षतिबापत ८१ हजार, वडा नं ५ का गणेशबहादुर मगरलाई बाख्रा क्षतिबापत १४ हजार २५०, वडा नं ५ छिम्केश्वरी लाब्दी बाख्रा फार्मलाई बाख्रा क्षतिबापत २८ हजार ५००, वडा नं ४ मिनबहादुर गुरुङलाई बाख्रा क्षतिबापत २८ हजार ५००, वडा नं ५ सुदीप गुरुङलाई बाख्रा क्षतिबापत १४ हजार २५० र वडा नं ५ मानबहादुर गुरुङलाई बाख्रा क्षतिबापत १४ हजार २५० रुपैयाँ राहत वितरण गरिएको उनले जानकारी दिए ।

यस्तै, वडा नं ५ वीरबहादुर कामीलाई गोरु क्षतिबापत १८ हजार, वडा नं ६ झिमेल भुजेललाई गाई क्षतिबापत ३६ हजार, वडा नं ६ मनबहादुर भुजेललाई बाख्रा क्षतिबापत १४ हजार २५०, जुनबहादुर गुरुङलाई बाख्रा क्षतिबापत १४ हजार २५०, धनबहादुर गुरुङलाई गोरु क्षतिबापत १८ हजार, निमबहादुर भुजेललाई गोरु क्षतिबापत १८ हजार र जुनबहादुर गुरुङलाई बाख्रा क्षतिबापत १४ हजार २५० राहत वितरण गरिएको छ । 

पशु बिमा कार्यक्रमअन्तर्गत प्रिमियम शुल्कको ८० प्रतिशत रकम नेपाल सरकारले व्यहोर्दै आएको छ भने कृषकले तिर्नुपर्ने २० प्रतिशत रकम गाउँपालिकाले नै व्यवस्थापन गर्ने भएकाले कार्यक्रम शतप्रतिशत निःशुल्क रूपमा सञ्चालन भइरहेको छ ।

गाउँपालिकाले पशुपालनलाई आम्दानीको मुख्य स्रोत बनाएका कृषकलाई समयमै पशु बिमा गराउन तथा आकस्मिक क्षतिबाट राहत लिन कार्यक्रमको लाभ लिन अनुरोध गरेको छ । 

अघिल्लो आवमा गाउँपालिकाले सात लाख १२ हजार ५ सय रुपैयाँ राहत वितरण गरेको थियो । देवकोटाका अनुसार वडा नं ४ का १८ कृषकलाई दुई लाख ९६ हजार सात सय, वडा नं ५ का सात जना कृषकलाई एक लाख ५० हजार तीन सय रुपैयाँ, वडा नं ६ का १७ जना कृषकलाई रु दुई लाख ६५ हजार ५ सय रुपैयाँ राहत वितरण गरिएको थियो । 

 

प्रकाशित मिति: शुक्रबार, फागुन २९, २०८२  १३:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update