भोटेकोशी बाढी प्रभावितका लागि जुगल गाउँपालिकाको ३८ लाख सहयोग

 

काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा ३८ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।

भदौ १७ गते बसेको विशेष गाउँ कार्यपालिका बैठकले सो सहयोग रकम जम्मा गर्ने निर्णय गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गौरबराज केसीले जानकारी दिए ।

बाढी प्रभावित क्षेत्रमा जुगल गाउँपालिकाभित्रका १५ जना नागरिक अझै बेपत्ता रहेको र उनीहरूको अवस्था अज्ञात रहेको भन्दै गाउँपालिकाले चिन्ता व्यक्त गरेको छ। गाउँपालिकाले विपद् कोष खाताबाट बेपत्ता तथा मृतकका परिवारलाई प्रतिव्यक्ति तत्काल एक लाख रुपैयाँका दरले आर्थिक सहायता उपलब्ध गराउनेसमेत जनाएको छ।

 

प्रकाशित मिति: बिहीबार, भदौ १८, २०८३  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update