गाँजा र ब्राउन सुगरसहित पर्साबाट २ जना पक्राउ

पर्सा । गाँजा र लागुऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पटेर्वासुगौली गाउँपालिका–४ भथौराका ७० वर्षीय दुखी महतो र एक भारतीय नागरिक रहेका छन् । 

भारतीय नागरिकलाई वीरगञ्ज महानगरपालिका–२१ परवानीपुरबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनााएको छ । 

महतोलाई घरबाट १८ किलो ४ सय ग्राम गाँजासहित पक्राउ गरिएको हो भने भारतीय नागरिक ब्राउन सुगरसहित पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार नियमित गस्तीमा रहेको प्रहरी टोलीले उनीहरूलाई बिहीबार पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०८३  ०६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update