सर्लाही । सर्लाहीको बागमती नगरपालिकामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ ।
मंगलबार साँझ बागमती नगरपालिका–४ गोले टोलमा परेको चट्याङ लाग्दा सोही ठाउँका ठाकुरसिंह मोक्तानकी छोरी १२ वर्षीया दिना मोक्तानको मृत्यु भएको हो । यो घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन् ।
चट्याङ लागेर गम्भीर घाइते भएकी दिनाको भने स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममा मृत्यु भएको हो ।
चट्याङ लागेर गम्भीर घाइते भएकी ११ वर्षीया प्रितीमा बोम्जन र ४२ वर्षीय पोशाकबहादुर वाइबाको उपचार भइरहेको छ ।
घाइते प्रतिमालाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि वीरगन्ज पठाइएकोे छ । अर्का घाइते पोशाकबहादुरको भने बागमतीस्थित सभ्यता अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।




