मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु, २ जना गम्भीर घाइते

सर्लाही । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु हुनुका साथै अन्य २ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । 

कबिलासी नगरपालिका–७ सिर्सियामा मधेस प्रदेश ०३–०३३ प ७८२४ नम्बरको मोटरसाइकल र विपरीपत दिशाबाट आउँदै गरेको बिआर ३० एपी १२२४ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकल ठोक्किदा सो दुर्घटना भएको हो । 

दुर्घटनामा परी ७८२४ नम्बरको मोटरसाइकलका चालक सर्लाही गोडैता नगरपालिका–६ का ३० वर्षीय सुमित यादव र १२२४ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलका चालक सर्लाहीको कबिलासी–८ का २६ वर्षका पप्पु पासवानको मृत्यु भएको हो । 

दुर्घटनापछि गम्भीर घाइते दुवै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएकोमा उनीहरुको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा सर्लाहीकै कबिलासी नगरपालिका–८ का ३३ वर्षीय सुरेन्द्र पासवान र मलंगवा नगरपालिका–६ का १८ वर्षीय बब्लुकुमार पासवान घाइते भएका छन् । उनीहरुको अनुहार, टाउको र खुट्टामा चोट लागेको छ ।

उनीहरुलाई मलंगवामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि जनकपुर लगिएको छ । 

प्रकाशित मिति: बुधबार, भदौ ३१, २०८३  ०७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update