राष्ट्रियसभाको बैठक आज बस्दै, के छ कार्यसूची ?

काठमाडौं। संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । 

दिउँसो सवा १ बजे सिंहदरबारमा बस्ने बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
 
त्यसैगरी, बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०८०/८१ र आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ।

यसैगरी आजको बैठकमा राष्ट्रियसभा सदस्य मदनकुमारी शाह (गरिमा) ले ‘सहायक प्रजनन प्रविधिको प्रयोग नियमन गर्न कानुन निर्माणसम्बन्धी’ संकल्प प्रस्ताव पेस गर्ने कार्यसूची छ।
 

प्रकाशित मिति: शुक्रबार, असोज २, २०८३  ०७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update