कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । 

मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ भने उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा बिकसित न्यून चापीय क्षेत्र मध्यपूर्व बंगालको खाडीमा रहेको छ ।

सो प्रणाली आगामी दिनमा थप बलियो बन्दै पश्चिम–उत्तरपश्चिम दिशा तिर सर्ने देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

हाल कोशी प्रदेश लगायत देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भु–भागमा मौसम मुख्यतया सफा देखि आंशिक बादल लागेको छ । 

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्म वर्षा भइरहेको छ ।

आज दिउँसो पनि देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल तथा तराई भू–भागमा आंशिक बादल लाग्नेछ । 

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । 

कोशी र बागमती प्रदेशको तराई भू–भागको थोरै स्थानमा, मधेश प्रदेश तथा  गण्डकी, लुम्बिनी र  सुदूरपश्चिम  प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ । 

कोशी, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको  छ । 

यसैगरी आज राति पनि कोशी र मधेश प्रदेश लगायत देशको हिमाली भू–भाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा साधारणतया बादल तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भाग र बाँकी तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ । 

मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू–भागको थोरै स्थानमा तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ । 

कोशी र बागमती प्रदेशको पहाडी भू–भाग तथा मधेश प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको भनाई छ ।
 

प्रकाशित मिति: मंगलबार, असोज ६, २०८३  ०६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update