प्रतिनिधिसभाको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । 

प्रनिनिधि सभाको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने संघीय संसद सचिवालयले जनाएको छ । 

बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । 

आजै विभिन्न चार वटा संसदीय समितिका बैठक बस्नेछन् । आज अर्थसमिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । 


 

प्रकाशित मिति: मंगलबार, असोज ६, २०८३  ०७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update