ऋण असुलीबाट समस्याग्रस्त ६ सहकारीका ७९ जनाको बचत फिर्ता

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ वटा समस्याग्रस्त सहकारीको बचत फिर्ता गराएको छ । 

समितिका अनुसार गोर्खाका २५, गौतमश्रीका ६, शिव शिखरका १३, आइडियल यमुनाको ३, ओरिन्टल को–अपरेटिभका ३ र कान्तिपुर सहकारीका २९  साना बचतकर्ताको रकम फिर्ता गरिएको हो ।

समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको सरकारको भनाई छ । 

पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ । यसरी नै क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ । 

समस्याग्रस्त सहकारी संस्थाहरुबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरुलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्था बमोजिम निरन्तर रुपमा संचालन भइरहेको छ ।
 

प्रकाशित मिति: मंगलबार, असोज ६, २०८३  ०७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update