लगातारको वर्षासँगै पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द

काठमाडौं । लगातारको वर्षासँगै पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ । 

लगातारको वर्षासँगै विभिन्न स्थानमा पहिरो गएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै सडक बन्द गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

यसअघि बिहीबार राति ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म ती राजमार्गमा सवारी आवागमन रोकिएकामा अब अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको हो । 

पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो खस्दा चितवन खण्डमा सवारी आवागमन रोकिन पुगेको छ । 

प्रकाशित मिति: शुक्रबार, असोज ९, २०८३  ०८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update