पहिरो गएपछि बिपी राजमार्ग पूर्ण रुपमा अवरुद्ध, कान्ति लोकपथ पनि बन्द

काठमाडौं । अविरल वर्षासँगै पहिरो बिपी राजमार्ग र कान्ति लोकपथ पनि अवरुद्ध भएका छन् ।

शुक्रबार बिहानै बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–७ स्थित चारसयबेँसी र रोशी–८ गिम्दीमा पहिरो खसेपछि बिपी राजमार्ग अवरुद्ध हुन पुगेको छ । 

जल तथा मौसम विभागको प्रक्षेपणलाई मध्यनजर गर्दै बिहीबारदेखि आइतबारसम्म रातको समयमा बिपी राजमार्गअन्तर्गत काभ्रे सडकखण्डलाई बन्द गरिएको छ । 
    
यसैबीच लगातारको वर्षासँगै कान्ति लोकपथका विभिन्न स्थानमा पहिरो खस्दा हेटौंडाबाट काठमाडौं आउने उक्त सडक पनि प्रभावित बनेको छ । 

कान्ति लोकपथअन्तर्गत ललितपुरतर्फ विभिन्न तीन स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, असोज ९, २०८३  ०८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update