देशका हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडाैं। हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेका कारण देशका हिमाली भू-भागमा आंशिक बादल लागेको छ । 

देशका पहाडी र तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने तथा तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। 

देशका हिमाली भू-भागका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ । 

आज राति पनि देशको हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा पहाडी र तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । 

कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, असोज २८, २०८३  ०७:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update