आज देशका अधिकांश भागमा मौसम सफा रहने

काठमाडाैं । आज देशका अधिकांश स्थानको माैसम सफा रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । 

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ भने देशका तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा आंशिक बादल लाग्नेछ।

देशको  बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।  गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा थोरै स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना छ । 

लुम्बिनी र सुदूरपश्चिम प्रदेशको  तराई भू-भागका एक-दुई स्थानमा मध्यम सम्मको वर्षाको सम्भावना छ ।

यसैगरी राति देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ भने तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।  देशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, असोज २९, २०८३  ०६:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update