Odapalika - The Fourth Estate - चौथो अंग
आजको मौसम : कतै आंशिक बदली, कतै वर्षाको सम्भावना 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी,गण्डकी, लुम्बिनी, कर्णालीलगायत बागमती, सुदूर–पश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । 

आज कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

हाल देशमा पश्चिमी वायुको आशिंक प्रभाव रहेको छ।कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।

आइतबार राति गण्डकी, लुम्बिनी र कर्णाली लगायत बागमती, सुदूर–पश्चिम र कोशी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । लुम्बिनी प्रदेशलगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 

देशभर चिसो बढेसँगै तापक्रम गिरावट भएको छ । चिसोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई अनुरोध पनि गरेको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  ०७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update