काठमाडौँ । गोरखा नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । स्वास्थ्यकर्मीको निधन भएको भन्दै गोरखा नगरपालिकाले आज शोक बिदा दिने निर्णय गरेको हो ।
गोरखा नगरपालिका– १४ पियोरबेशीको स्वास्थ्य चौकीमा कार्यरत अहेब किशोर बाबु सेढाईको निधनमा शोक मनाउन बिदा दिइएको नगरप्रमुख कृष्णबहादुर राना मगरले जानकारी दिए ।
गोरखा नगरपालिकाको आइतबारको निर्णय अनुसार सोमबार  नगरपालिकाको कार्यालय, वडा कार्यालयहरू, सम्पूर्ण शिक्षण संस्था तथा स्वास्थ्य संस्थामा सार्बजनिक बिदा गरिएको प्रकाशित सार्बजनिक सुचनामा जनाइएको छ । 
 
प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  ०७:३६
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    





                                        
                                        
                                        
                    
                    