सहकारी प्रकरण : संसदीय छानबिन समितिको १५ दिन म्याद थपियो 
                        
                        
                                                
                                             
                                                                    काठमाडौँ । प्रतिनिधिसभाले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको म्याद थपसम्बन्धी प्रस्ताव सर्वसम्मतीले पारित गरेको छ ।
मंगलबार प्रतिनिधिसभा बैठकमा समिति सभापति सूर्यबहादुर थापाले राखेको १५ दिन म्याद थपको प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।
तत्कालीन प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको दबाबमा गएको जेठ १५ गते संसदीय छानबिन विशेष समिति गठन गरिएको थियो । तीन महिने कार्यकाल रहने गरी गठन भएको समितिको पहिलो बैठक जेठ २२ गते बसेको थियो । जसअनुसार भदौ २२ गते कार्यकाल सकिन लागेको समितिको १५ दिन म्याद थपिएको हो ।
प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १६:५६
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
 
                
            



 
                                         
                    1700366559.jpg) 
                    
 
                     
                     
                     
                     
                     
                    