दल दर्ताका लागि राजेन्द्र महतोले दिए निर्वाचन आयोगमा निवेदन
                        
                        
                                                
                                             
                                                                    काठमाडौँ । राजेन्द्र महतोले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । शुक्रबार निर्वाचन आयोगमा उनले राष्ट्रिय मुक्ति पार्टी, नेपाल दर्ताका लागि निवेदन दिएका हुन् ।
लोकतान्त्रिक समाजवादी पार्टी छाडेर नयाँ दल दर्ता गर्न लागेका महतोले आफैँ अध्यक्ष रहने र १७३ सदस्यीय केन्द्रीय समिति रहने गरी आयोगमा निवदेन दिएका हुन् ।

 
प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १४:२९
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
 
                
            



 
                                         
                                         
                    1700366559.jpg) 
                    
 
                     
                     
                     
                     
                     
                    