Odapalika - The Fourth Estate - चौथो अंग
‘महिला आयोगमा भाँडभैलो’प्रति सदस्य कृष्णकुमारीको आपत्ति र वडापालिकाका ३ प्रश्न, ५ तथ्य

काठमाडौँ । राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडाले वडापालिका डटकममा प्रकाशित एक समाचारप्रति असहमति जाहेर गर्दै फेसबुक म्यासेन्जर मार्फत खण्डन पठाएकी छिन् ।

विहीबार वडापालिका डटकममा प्रकाशित ‘‘महिला हिंसाका संलग्न’ मिश्र र ढकाल छिरेपछि राष्ट्रिय महिला आयोगमा भाँडभैलो’ शीर्षकको समाचारप्रति आयोग सदस्य कृष्णकुमारी पौडेल खतिवडाको आपत्ति छ ।

उनले समाचारप्रति असहमति भन्दै पठाएको खण्डन प्रकाशन गरिदिन टेलिफोन मार्फत अनुरोध गरेकी थिइन् । उनले खण्डन पठाएमा प्रकाशित गरिदिने वडापालिका डटकमको जवाफपछि खतिवडाले फेसबुक म्यासेन्जरमार्फत २ वटा सामग्री पठाउँदै ‘जुन ठिक छ, त्यो हेर्नु’ भनेर उल्लेख समेत गरेकी छिन् । 

उनको खण्डन सामग्रीमा भनिएको छ – ‘नेपाल राष्ट्र बैंकका .... (आयोग सदस्य खतिवडाले पठाएको सामग्रीमा पीडितको पहिचान खुलाइएकोले हामीले गोप्य राखेका छौं) माथि कार्यस्थलमा हुने यौंनजन्य दुव्र्यवहार भएको भन्ने घटनाका सम्बन्धमा घटनाका पीडकहरुको पक्षमा वकालत गर्दै महिला हिंसाको पक्षमा संलग्न भएको भनी मप्रति गम्भीर आरोप लगाउँदै समाचार सम्प्रेषण गर्ने कामप्रति मेरो खेदपूर्ण आपत्ति छ ।’

आयोग सदस्य खतिवडाले फेसबुक म्यासेन्जर मार्फत पठाएको खण्डन सामग्री जस्ताको तस्तैः  

नेपाल राष्ट्र बैंकका ... (आयोग सदस्य खतिवडाले पठाएको सामग्रीमा पीडितको पहिचान खुलाइएकोले हामीले गोप्य राखेका छौं) माथि कार्यस्थलमा हुने यौंनजन्य दुव्र्यवहार भएको भन्ने घटनाका सम्बन्धमा घटनाका पीडकहरुको पक्षमा वकालत गर्दै महिला हिंसाको पक्षमा संलग्न भएको भनी म प्रति गम्भीर आरोप लगाउँदै समाचार सम्प्रेषण गर्ने काम प्रति मेरो खेदपूर्ण आपत्ति छ । उक्त घटनाका सम्बन्धमा राष्ट्रिय महिला आयोगमा उजुरी परेको र आयोगबाट राष्ट्र बैंकका एक जना निर्देशकलाई मुख्य दोषी औल्याउँदै एक जना डेपुटी गभर्नर र तत्कालीन  कार्यकारी निर्देशकलाई नियोजित संलग्नता रहेको ठहर गर्दै न्यायको  लागि अदालत जान सुझाव दिएको भन्ने  यस अघि विभिन्न अनलाइन सञ्चार माध्यमहरुले समाचारहरु गरिरहेका थिए । उक्त घटनाका सम्बन्धमा राष्ट्रिय महिला आयोगमा उजुरी परेको जानकारी आयोगमका सदस्यहरुमा नभएकोले त्यस विषयमा आयोगमा छलफल गर्ने र  अनुगमन, अनुसन्धान तथा छानविन गर्ने जस्ता कुनै पनि निर्णय  हुने कुरै भएन । 

मिति २०८१ मंसिर १३ गते  राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र र तत्कालीन कार्यकारी निर्देशक देव कुमार ढकाल राष्ट्रिय महिला आयोगमा आई आयोगका अध्यक्ष माननीय कमला कुमारी पराजुलीलाई भेट गर्न आएको तर उहाँले भेट गर्न दिनुभएन फन उठाउनु भएन भनि बाटामा उभिनु भएका म आयोगमा भएकाले चिया खान बोलाएको हो मसँग आफ्ना विषय कुराराख्नु भएको थियो र मैले यस विषयमा मलाई केही पनि जानकारी नभएकोले अध्यक्षज्यू समक्ष आफ्ना कुरा राख्न सुझाव दिएको हुँ  माननिय बिध्या सिनाह सग चिनजान गरे जाने भनेकाले  जानु भो उहाँहरूले अध्यक्षज्यू समक्ष पछि फन उठेन भनु भो आयोगका सचिव पार्वती अर्याललाई भेट नदिइ बाहिर जानु भो तर उहाँको पनि फोन नउठे पछि उजुरी व्यवस्थापन शाखाका कर्मचारीलाई बोलाई सो विषयमा के कसो भएको हो भनि सोध्ने काम गरेको छेन म आयोगको सदस्यले आयोगबाट भएका कामकारबाहीका बारेमा सोधखोज गर्न पाउनु मेरो अधिकार मात्र होइन कर्तव्य पनि हो । यस्तो कुरालाई तोडमोड गरेर म माथि लाञ्छना लगाउने र मेरो चरित्र हत्या गर्ने उद्देश्यले समाचार सम्प्रेषण गर्ने काम प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

krishna-kumari-khandan-1732879112.jpg
सदस्य खतिवडाले यो खण्डन सामग्रीसँगै प्रिन्टेड भर्सनको अर्काे एउटा खण्डन सामग्रीको फोटोसमेत पठाएकी छिन् । सो खण्डन सामग्री यस्तो छः 

krishna-kumari-khandan1-1732879146.jpg
तर, वडापालिका डटकमसँग सुरक्षित तथ्य, प्रमाण र प्रसंगले भन्छ–

१३ मंसिर २०८१ मा वडापालिका डटकमले ‘महिला हिंसाका संलग्न’ मिश्र र ढकाल छिरेपछि राष्ट्रिय महिला आयोगमा भाँडभैलो शीर्षकमा समाचार प्रकाशित गरेको थियो । 

१. मंसिर १३ गते नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र र तत्कालिन कार्यकारी निर्देशक देवकुमार ढकाल राष्ट्रिय महिला आयोग गएर सदस्यद्वय कृष्णकुमारी पौडेल खतिवडा र विद्याकुमारी सिन्हासँग भेट गरेका हुन् ।

२. आयोग सदस्य पौडेलले दाबी गरे जस्तै आयोगका सचिव र अध्यक्षसँग बाटोमा भेट होला भन्ने आशामा नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर जस्तो ओहोदामा पदासिन व्यक्ति आयोग अगाडिको बाटोमा उभिदैन ।

३. डेपुटी गभर्नर मिश्र र तत्कालिन कार्यकारी निर्देशक ढकालले आयोगको आगन्तुक पुस्तिकामा आयोग सदस्य खतिवडालाई भेट्न भनेर उल्लेख गरेर प्रवेश गरेका छन् । स्मरणीय छ– आयोगका सदस्यहरुलाई भेट्नको लागि हरेक सदस्यका नाममा बेग्लाबेग्लै आगन्तुक पुस्तिका राखिएको छ ।

४. आयोग सदस्य खतिवडाले दाबी गरेको ‘उक्त घटनाका सम्बन्धमा राष्ट्रिय महिला आयोगमा उजुरी परेको जानकारी आयोगका सदस्यहरुमा नभएकोले त्यस विषयमा आयोगमा छलफल गर्ने र  अनुगमन, अनुसन्धान तथा छानविन गर्ने जस्ता कुनै पनि निर्णय हुने कुरै भएन’ भन्ने तथ्य सरासर झुट हो । 

National-Women-Commission01-1732879285.jpg
National-Women-Commission-1732796683.jpg
(यो कभर पृष्ठ तथा निष्कर्ष र सुझावसहित १२ बुँदामा समेटिएको कारवाही विवरण वडापालिकासँग सुरक्षित छ)

५. आयोगले महिला हिंसामा संलग्न भनेका व्यक्तिहरुलाई आयोग सदस्यले कार्यकक्षमा बोलाएर भेटेको विषय नैतिक आचरणसँग जोडिएको विषय हो ।

आयोग सदस्य खतिवडालाई हाम्रा केही प्रश्नहरु छन्ः 

१. डेपुटी गभर्नर मिश्र र तत्कालिन कार्यकारी निर्देशक ढकाल बाटोमा उभिएकोमा आयोग सदस्य खतिवडाले बढो चिन्ता लागेर कार्यकक्षमा चिया खान किन बोलाउनु पर्यो ? के महिला आयोग अगाडिको बाटोमा उभिने सबैलाई आयोग सदस्य खतिवडाले कार्यकक्षमा बोलाएर चिया खुवाउने गरेको छ ?

२. आयोग सदस्य खतिवडाले डेपुटी गभर्नर मिश्र र तत्कालिन कार्यकारी निर्देशक ढकाललाई आफ्नो कार्यकक्षमा ‘चिया खुवाएपछि’ अर्की सदस्य विद्याकुमारी सिन्हालाई भेट्न आफैले लिएर सिन्हाको कार्यकक्षमा जानुपर्ने वाध्यता के हो ? 

३. सदस्य खतिवडाले ‘म आयोगको सदस्यले आयोगबाट भएका कामकारबाहीका बारेमा सोधखोज गर्न पाउनु मेरो अधिकार मात्र होइन कर्तव्य पनि हो’ भनेकी छिन् । तर, आयोगले महिला हिंसामा संलग्न भनेका व्यक्तिहरुलाई अगाडि राखेर २ जना आयुक्त एउटै कोठामा बसेर कर्मचारीलाई सोधखोज गर्नुपर्ने विषय कसरी सिर्जना भयो ? यो कार्य कसरी जायज हो ? 

सम्बन्धित समाचार

‘महिला हिंसामा संलग्न’ मिश्र र ढकाल छिरेपछि राष्ट्रिय महिला आयोगमा भाँडभैलो

गभर्नरले प्रक्रिया नपुर्याउँदा महिला हिंसामा दोषी देखिएका आचार्य यसरी भए पुनर्वहाली

महिला आयोगले डेपुटी गभर्नर मिश्र र कार्यकारी निर्देशक ढकाललाई महिला हिंसामा कसरी दोषी देख्यो ?

राष्ट्र बैंकका डेपुटी गभर्नर मिश्र र कार्यकारी निर्देशक ढकाल महिला हिंसामा दोषी ठहर

प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update