
काठमाडौँ । ताप्लेजुङको पाथिभरा मन्दिर पुग्न बनाइन लागेको केवलकार विरुद्ध आन्दोलन गरिरहेको नो केवलकार समूहले गरेको अरुण पूर्वका ९ जिल्लामा आमहड्ताल फिर्ता लिएको छ ।
मुकुम्लुङ संघर्ष सहयाेग समितिका संयोजक तथा सरकारसँग वार्ता गर्न गठीत टोलीका सदस्य कमल हाङसरुम्बाले विज्ञप्तिमार्फत अर्को सूचना नभएसम्मका लागि आम हड्ताल फिर्ता लिएको बताएका छन् । बन्दका घोषित कार्यक्रम भने जारी रहने उनले जारी गरेको विज्ञप्तिमा उललेख छ ।
संघर्षरत पक्ष र सरकारबीच आज पनि काठमाडौँको कुपण्डोलस्थित एक होटलमा बार्ता चलिरहेको छ । वार्ता चलिरहेका बेला आन्दोलनरत पक्षले आह्वान गरेको आम हड्ताल फिर्ता भएको हो ।
प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१ १३:४६
प्रतिक्रिया दिनुहोस्