पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा घरबाटै पक्राउ

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमेर जबरा निवासबाटै पक्राउ परेका छन् । उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।

अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनलाई पक्राउ गरेको स्रोतले जनाएको छ । जबरालाई के कसुरमा पक्राउ गरिएको हो भन्ने स्पष्ट छैन ।

तत्कालीन प्रधानन्यायाधीश जबराविरुद्ध २०७८ साल फागुनमा संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि उनी निलम्बनमा परेका थिए ।

निलम्बनमै हुँदा उनी सर्वोच्चको प्रधानन्यायाधीशबाट हटेका थिए । पक्राउ परेका उनी राणा प्रधानमन्त्री वीर शमसेरका छोरा इन्द्र शमशेरका नाती हुन् । उनका बाबु युवराज शमशेर पनि तत्कालीन राजसभा स्थायी समितिका सदस्य थिए ।

२०५३ वैशाख १ गते तत्कालीन पुनरावेदन अदालतको अस्थायी न्यायाधीश नियुक्त भएका उनी पुनरावेदन अदालत बुटवलको कामु मुख्य न्यायाधीश रहेका बेला २०७१ मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए । 

उनी २०७५ पुस १८ गते प्रधानन्यायाधीश बने पनि मन्त्रिपरिषद सदस्यको भागबण्डा लगायतका काण्डमा मुछिएपछि विवादित बनेका थिए ।

प्रकाशित मिति: आइतबार, असोज ११, २०८३  ०७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update