Odapalika - The Fourth Estate - चौथो अंग
आगलागी पीडितलाई गाउँपालिकाले दियो ६ लाख, प्रदेश सरकारदेखि दलसम्मको राहत प्रतिवद्धता 

काठमाडौँ । अछामको बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारका आगलागी पीडितलाई गाउँपालिकाले ६ लाख उपलब्ध गराउने भएका छन् ।

गाउँपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले तत्कालको राहतको लागि पीडितलाई ६ लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरिएको अध्यक्ष टेकबहादुर साउँदले बताए । 

ग्यासको सिलिण्डर पड्किएर आगलागी भएका पीडितलाई प्रदेश सरकारदेखि राजनीतिक दलसम्मले राहत सहयोग घोषणा गरिरहेका छन् । 

पीडित परिवारलाई अस्थायी रुपमा खाद्यन्न र आवासका लागि उक्त रकम दिने निर्णय भएको उनको भनाइ त ।सुदूरपश्चिम प्रदेश सरकारले जयगढमा भएको आगलागीबाट पीडित परिवारलाई ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । 

आगलागी पीडितको राहतका लागि नेपाली काँग्रेस अछामले १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको जिल्ला सहसचिव दिनेशकुमार स्वारले जानकारी दिए । 

आगलागी भएको स्थानमा अछाम–२ का प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाह, प्रमुख जिल्ला अधिकारी आनन्द सारु, सुरक्षा, नेपाल रेडक्रसलगायत निकायहरु स्थलगत जानकारी लिएका छन् । 

पीडित परिवारको राहत तथा अन्य व्यवस्थापनका लागि संघीय, प्रदेश, जिल्ला र अन्य निकायसँग आवश्यक सहयोग गर्न स्थानयि सरकारले आग्रह गरेको छ । 

जयगढ बजारमा हिजो बेलुका करिब साढे ७ बजेबाट आगलागी हुँदा २७ घर जलेर ७ करोडभन्दा बढीको क्षति भएको बताइएको छ ।
 

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  १३:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update