
काठमाडौँ । रोटरी काठमाण्डौ हेरिटेजद्धारा निःशुल्क स्वास्थ शिविर आयोजना गरेको छ । काठमाण्डौंको गुहेश्वरीस्थित बाल सारथी एकेडेमीमा आयोजना गरिएको उक्त शिविरमा एकेडेमीका बिद्यार्थी र स्थानीयसहित २५० जनाले निःशुल्क स्वास्थ जांच गराउनुको साथै उनीहरुलाई निःशुल्क औषधीहरु समेत बितरण गरिएको थियो ।
शिविर आयोजना गर्नको लागि शान्ति सेवा गृहले डाक्टर तथा अन्य मेडिकल टिम सहयोग गरेको थियो ।
रोटरी क्लब अफ काठमाण्डौं हेरिटेजका चार्टर्ड प्रेसिडेन्ट हेमा कुमारी अधिकारीको अध्यक्षताका सम्पन्न भएको उक्त कार्यक्रमको संयोजन क्लबका मेम्बरसिप चेयर डा. माला खरेले गरेका थिए भने कार्यक्रममा टोल सुधार समितिका अध्यक्ष हरी पाण्डे प्रमुख अतिथी थिए । कार्यक्रमको सञ्चालन क्लबका सचिब डा. बुद्धि मल्लले गरेका थिए ।
कार्यक्रममा सेवाग्राहीहरुको निःशुल्क रक्त परीक्षण, स्वास्थ परीक्षण, दन्त परिक्षण, फिजियोथेरापी सेवा तथा अन्य बिभिन्न किसिमका रोगहरुको निःशुल्क परामर्श उपलब्ध गराउनुको साथै स्वास्थ परिक्षण गरिएकाहरुलाई निशुल्क जुकाको औषधी, लिटो, सातु, दन्त मन्जन, ब्रश तथा अन्य बिभिन्न औषद्यीहरु उपब्ध गराईएको थियो ।
क्लबले यसअघि क्यान्सर सचेतना तथा अर्काे क्लबसँग मिलेर संयुक्त रुपमा निःशुल्क स्वास्थ शिविर आयोजना गरिसकेको छ ।