
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकार संचालन ऐन २०७४ संशोधनको गृहकार्य थालेको छ ।
मन्त्रालयले मौजुदा ऐनका विभिन्न ३० वटा व्यवस्थामा संशोधन गर्न प्रस्तावसहित मस्यौदा तयार पारेको छ । मस्यौदामा सात दिनभित्र सुझाव दिन स्थानीय तहहरुमा मन्त्रालयले आग्रह समेत गरेको छ ।
गाउँ र नगरपालिकाको नाम र केन्द्र हेरफेर, वडाको सीमाना निर्धारण, संस्कृतिक र पर्यटकीय क्षेत्र घोषणाजस्ता विषयमा स्थानीय तह संचालन ऐनका व्यवस्थाले समस्या पारेकाले संशोधन गर्नुपरेको संघीय सरकारको दाबी छ ।
यस्तो छ संशोधनको मस्यौदा
प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२ १७:०१
प्रतिक्रिया दिनुहोस्