Odapalika - The Fourth Estate - चौथो अंग
राष्ट्रपति व्यासमा, प्रधानमन्त्री  लुम्बिनीमा, कुन पालिकामा छन् प्रचण्ड ? 

काठमाडौँ । उँभौली पर्व तथा वुद्ध जयन्ती मनाउन राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म उपत्यकावाहिर पुगेका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओली आज लुम्बिनी सांस्कृतिक नगरपालिकामा रहेको लुम्बिनी मन्दिर परिसरमा आयोजित २५५९औँ बुद्धजयन्तीको कार्यक्रममा सहभागी वुटवल पुगेका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्री ओलीलाई स्वागत गरेका छन् । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ । 

लुम्बिनी विकास कोषले बुद्धजयन्ती तथा लुम्बिनी दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओली, लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेसहित संघीय सरकारका मन्त्रीहरू, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश मन्त्रिपरिषद्का सदस्यहरू, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू सहभागी छन् । 

राष्ट्रपति रामचन्द्र पौडेल पनि आजै काठमाडौँको एउटा कार्यक्रममा सहभागी भएर गृहजिल्ला तनहुँ पुगेका छन् ।  व्यास नगरपालिका–८ स्थित बाहुनपोखरामा आयोजित कार्यक्रममा सहभागी हुन उनी त्यहाँ पुगेका हुन् । 

उता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने आइतबार धरान उपमहानगरपालिकामा आयोजित एउटा कार्यक्रममा सहभागी थिए । 

प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  ११:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update