
काठमाडौँ । तनहुँको ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ । जग्गा विवादमा एक व्यक्तिलाई कुटपिट गरेको आरोपमा उनीविरुद्ध जाहेरी दर्ता भएको हो ।
गाउँपालिका अध्यक्ष श्रेष्ठले घरमा बोलाएर ५७ वर्षीय प्रभात आलेलाई कुटपिट गरेको आरोप छ । भीमादको मालेबजारमा गाउँपालिका अध्यक्ष श्रेष्ठले आले परिवारको जग्गा खरिद गरेपछि विवाद सुरु भएको थियो ।
जग्गाको विषयमा उनीहरुबीच लामो समयदेखि विवाद छ । श्रेष्ठले सहमति गर्न भन्दै बोलाएर कुटपिट गरेको उजुरीमा उल्लेख छ । उजुरीकर्ताले ज्यान मार्ने उद्योगमा हुलाकमार्फत जाहेरी गरेपछि दर्ता गरेको प्रहरीको भनाइ छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२ १०:४६
प्रतिक्रिया दिनुहोस्