
काठमाडौँ । काभ्रेको महाभारत गाउँपालिका बेरुजु शुन्य देखिएको छ ।
महालेखापरीक्षकको कार्यालयले गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक लेखापरीक्षण प्रतिवेदनअनुसार सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका बेरुजु नहुनेको दोस्रो सूचीमा परेको छ ।
यो पालिकाले आफु नेपालकै दोस्रो बेरुजु नभएको पालिकामा परेको भन्दै विज्ञप्तिमार्फत खुसी व्यक्त गरेको छ । उसले यसलाई पालिकाभित्रको आर्थिक सुशासनको नमूना पनि भनेको छ ।
सोलुदुधकुण्डमा १ अर्ब ५८ करोड २२ लाख रुपैयाको बजेट खर्च गर्दा १ लाख २१ हजार ८०० रुपैयाँ मात्र बेरुजु देखिएको छ ।
बेरुजु कम हुने स्थानीय तहमा अधिकांश गाउँपालिका छन् । दोस्रो भएको सोलुदुधकुण्ड, छैटौ भएको मण्डनदेउपुर, आठौँ भएको निलकण्ठ नगरपालिका र १०औ नम्बरमा रहेको हलेसी तुवाचुङ नगरपालिकाबाहेक उत्कृष्ट १० मा परेका सबै गाउँपालिका छन् ।
हेर्नुहोस् यस्तो छ उत्कृष्ट १० को सूची