Odapalika - The Fourth Estate - चौथो अंग
भ्रष्टाचार अभियुक्त सांसदबाट उद्घाटनको तयारी, प्रतिकार गर्ने स्थानीय सरकारको चेतावनी 

काठमाडौँ । टेरामक्स प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेर निलम्बनमा परेका सांसद तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले गर्ने भनिएको एउटा उद्घाटन कार्यक्रम विवादमा परेको छ । 

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ठोकर्पा वडानम्बर २ मा नवनिर्मित स्वास्थ्य चौकी भवनको बस्नेतले ६ जेठमा उद्घाटन गर्ने तय भएपछि यो प्रकरण विवादमा परेको हो । 

बस्नेतले उद्घाटन गर्ने भन्दै वडाअध्यक्ष पूर्णबहादुर महतले आमन्त्रणपत्र वितरण थालेपछि गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले भ्रष्टाचार अभियोगमा मुद्दा दर्ता भएर निलम्बनमा परेका व्यक्तिबाट पालिकाको अधिनमा रहेको भवन उद्घाटन गर्न नदिने भन्दै विज्ञप्ति निकालेका छन् । 

उनले भ्रष्टाचार अभियुक्तवाट भवन उद्घाटन नगर्न र नगराउन चेतावनी दिदै जर्वजस्ती गरिए कानुनीलगायतका सबै हिसावले प्रतिकार गर्नेसम्मको चेतावनी दिएका छन् । 

उनले विवादति व्यक्तिबाट हुने उद्घाटनमा नजान सर्वसाधारण र पालिकाका कर्मचारीलाई आग्रहसमेत गरेका छन् । उता नेकपा एमाले र नेकपा माओवादी केन्दको गाउँ कमिटीले समेत संयुक्त विज्ञप्ति नकिालेर भवन उद्घाटन रोक्न र उद्घाटन गरिए बहिष्कार गर्न आह्वान गरेका छन् । 
 

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  १६:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update